२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वमन्त्री प्रदीप नेपालको निधन, नेताहरु पुगे अस्पताल (तस्बिरहरु)

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेता नेपालको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

उनी एमालेको तर्फबाट सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो समय राजनीतिमा निष्क्रिय नेता नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।

अहिले नेता नेपाललाई अन्तिम श्रदाञ्जली दिन उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत केही नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।

नेपाललाई श्रदाञ्जली दिन नर्भिक अस्पताल पुगेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बहुआयामिक वामपन्थी नेता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे । राजनीतिक पार्टीमा नेता नेपालले गरेको योगदान र भूमिका अतुलनीय र अविस्मरणीय रहेको गौतमको भनाइ छ ।

दिवंगत नेता नेपालले मुलुकको शासकीय सुधारमा महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै गौतमले पार्टीको तर्फबाट श्रदाञ्जली व्यक्त गरे ।

नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएन । अस्पतालबाट पार्थिव शरीर मंगलबार अपराह्न पशुपति आर्यघाट लगिएको छ । नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ