२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

शौचालयमा लडे प्रचण्ड, टाउकोमा सामान्य चोट

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन् ।

खुमलटारस्थित घरको शौचालयमा लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।

उनका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो । प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल लगेका थिए ।

अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ। उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट