काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला ६०० ले वृद्धि भएको हो । बुधबार एक लाख ९१ हजार ६०० सयमा कारोबार भएको सुनको मूल्य आज बिहीबार एक लाख ९२ हजार दुई सय पुगेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्यमा दश रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आज बिहीबार एक तोला चाँदीको मूल्य १ हजार ९ सय ५५ मा कारोबार भएको छ । सोही परिणामको चाँदी बुधबार एक हजार ९ सय ६५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस