२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई हरायो

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ । तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।

वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

जसमा कविता कुँवरले सर्वाधिक १८ रन बनाइन् । सम्झना खड्काले १३ र कप्तान इन्दु बर्मा ७ रन बनाइन् ।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनायो ।

उसका लागि कप्तान दिपिका रंगासिकाले सर्वाधिक ३४ रन बनाइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट