२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बौद्ध शाखामार्फत नबिल बैंकले सञ्चालनमा ल्यायो पाँचौ ‘प्रायोरिटी बैंकिङ लाउञ्ज’

सोमवार , बैशाख २९, २०८२

काठमाडौं। नबिल बैंकले पाँचौ 'प्रायोरिटी बैंकिङ लाउञ्ज' बौद्ध शाखामा सुरु गरेको छ। बैंकका डेपुटी सीइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरे ।

बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीइओ पाण्डेले नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। ग्राहकको सुविधालाई ध्यानमा राखेर प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेको उनको भनाइ छ ।

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाह लगायतका सेवा लिनसक्ने जनाइएको छ।

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट