काठमाडौं । भारतीय क्रिकेटका पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
सोमबार कोहलीले इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेको जनाएका हुन् ।
उनले लेखेका छन्, ‘टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदार भएर भन्नपर्दा, यो फर्म्याटले मलाई यहाँसम्म ल्याउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यसले मलाई परिक्षण गर्यो, आकार दियो र जीवनभर पाठहरू सिकायो ।'
कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । उनले अब 'वान डे' म्याच मात्र खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस