२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएरै छाड्छ, त्यसपछि धुर्मुस-सुन्तलीको दुःख हट्छ : प्रधानमन्त्री ओली

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताएका छन् ।

मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताए ।

उनले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताए । उनले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘आज हामीले नयाँ काम थालेका छौँ । यसलाई सफल बनाउनुपर्नेछ । थालेपछि सफल हुन्छ । मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस-सुन्तलीले क्रिकेट मैदान शुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो । यति ठूलो काम आँटियो ।’

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट