काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ ।
थाइल्याण्डमा जारी तेरथाइ क्रिकेट ग्राउण्डमा वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गरेको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रन बनाइन् ।
अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् ।
नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर ३ मा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल सुपर ३ मा पुग्न हङकङ पराजित हुनुपर्ने समिकरण छ ।
प्रतिक्रिया दिनुहोस