२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु नेपाल, सचिवमा रोजिना थापा चयन

आइतवार , जेठ ५, २०८२

काठमाडौं । काठमाडौं नेकपा माओवादी केन्द्रको सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु नेपाल सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा भएको तेस्रो अधिवेशनबाट नेपालको अध्यक्षतामा ३० सदस्यीय समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मुकेश खड्का अमरेन्द्र कुशवाह र राजकुमार माले तथा सचिवमा रोजिना थापा, कोषाध्यक्षमा उषा काफ्ले, सहसचिवमा सरोज रायमाझी सहितका पदाधिकारी चयन भएका छन् ।

निवर्तमान अध्यक्ष शंकर रायमाझीको अध्यक्षता एवम् पार्टीको उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा स्थायी समिति सदस्य एवम् सम्पर्क समन्वय समितिका केन्द्रीय ईन्चार्ज यसोदा सुवेदी, केन्द्रीय सदस्य एवम् सम्पर्क समन्वय समिती मधेश प्रदेश इन्चार्ज शिवराम यादव, राष्ट्रियसभा सदस्यहरु राधेश्याम पासवान, विवेक अधिकारी, घनश्याम प्रसाद रजक, शिव पुजन यादव, पार्टीको सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले, बैकल्पिक कमल बुढाथोकी, भरत कुमार थापासहित पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

सर्लाहीबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहेकाहरुको हकहित तथा आवश्यक समन्वयका लागि समितिको स्थापना गरिएको हो । कार्यक्रमा नव निर्वाचित अध्यक्ष शम्भु नेपालले सर्लाही–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनबाट आफूलाई निर्वाचित गराएकोमा सम्पर्क समन्वय समितिका इन्चार्ज सन्तोष दाहाल लगायत संचालक समितिका पदाधिकारी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट