२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

तिलगाउँमा लेदोसहितको पहिरो, बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको ध्यानाकर्षण

सोमवार , जेठ ६, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु ।”

अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

“त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ ।” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट