logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एकसाथ फिल्ममा काम गर्दै नम्रता र विनय

    एकसाथ फिल्ममा काम गर्दै नम्रता र विनय

    3.2K
    Shares

    काठमाडोँ । नायक विनय श्रेष्ठ र नायिका नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘सानो संसार’लाई दर्शकले निकै रुचाएको थियो  । चलर्चित्र सँगै यो जोडीलाई पनि दर्शकले उतिकै मनपराएका थिए । अब पुन विनय र नम्रता नयाँ चलचित्रमा काम गर्ने भएका छन् ।

    राजिव गुरुङको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा नम्रता र विनयले एकसाथ काम गर्न लागेको हो। यो चलचित्रको छायांकनका लागि लोकेशन फिक्स गर्न विनय, राजिव र प्रोडक्शन डिजाइनर अरुण रेग्मी सिक्किम  पुगेका छन् । उनीहरुले, सिक्किममा ५० प्रतिशत चलचित्रको छायांकन गर्ने प्रस्ताव गरेका छन् ।

    सिक्किम सरकारले आफ्नो सामाजिक संजालमार्फत यस कुराको जानकारी दिएका छन् । लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका विनय र नम्रताको जोडीलाई दर्शकले चिकै रुचाउने आशा राखिएको निमार्ण पक्षले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend