२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरुको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

सोमवार , जेठ ६, २०८२

काठमाडौं । सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरुलाई उपस्थिति नगराइएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् । समितिका तीन जना सदस्यहरुलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरुले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताए ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरुलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाइन् । उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसदहरु नबोलाइएको गुनासो गरिन् ।

समितिको बैठकमा बोल्दै समिति सभापति कुसुमदेवी थापाले गरमाथा संवादमा पनि वन मन्त्रालयलाई पटक पटक सामेल गराउन आग्रह गर्दा समेत सरकारले चासो नदेखाएको बताइन् । उनले धेरै पटकको आग्रहपछि मात्रै सरकारले समितिबाट तीन जना सहभागी हुनसक्ने जानकारी गराएको बताए ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सगरमाथा संवादका क्रममा सभापति थापाले आफूलाई मन परेको व्यक्ति छानेर सहभागी गराएको आरोप लगाइन् । उनले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरु सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताइन् । कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै सभापति थापाको राजीनामा माग गरिन् ।

समितिको बैठकमा सभापति थापाले रुलिङ गर्न नसकेको र समितिको नेतृत्व गर्न नसकेको आरोप लगाएपछि सभापति थापाले सांसद कठायतसँगै सिक्नुपर्ने टिप्पणी गरिन् । जवाफमा सांसद कठायतले आफूबाट सिक्न आग्रह गरिन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरुसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन् । उनले सगरमाथा संवादका क्रममा समिति सदस्यहरु छनौट गर्दा कुन प्रक्रिया अपनाइएको हो ? भन्दै प्रश्न गरिन् ।

उनले पारदर्शी रुपमा समितिका निर्णयहरु हुनुपर्ने बताइन् । समितिको बैठकमा सांसदहरुले समितिको वार्षिक प्रतिवेदनमाथि असन्तुष्टि जनाए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले समितको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको र कामै नलाग्ने भएको बताएपछि एमाले सांसद सुब्बाले काम नलाग्ने भए आगो लगाइदिनुपर्ने बताइन् । जवाफमा सभापति थापाले समितिको वार्षिक प्रतिवेदन समितिका ३९ वटा बैठकको पुँजी भएको र कोही सदस्यहरुलाई मन नपरेको भए जलाउन सक्ने जवाफ दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट