२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ भृकुटीमण्डपमा हुँदै

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रर्दशनी स्थलमा आयोजना गरिने भएको छ।

कम्पनीका अनुसार उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरूको साटासाट गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको छ। यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिनेछ।

मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम रु. ३०,००० मूल्याङ्कन प्रदान गरिनेछ। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ। रु. ८,००० सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै ०% ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ (नियम तथा सर्त लागू हुने)। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ।

मेला सुरु हुनुअघि, जेठ ६ गतेसम्म प्रि-बुकिङ गरिएको खण्डमा ग्राहकहरूलाई रु. ५,००० बराबरको उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित गरिनेछन्। प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश गरिनेछ। कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन प्रस्तुत गरिनेछ।

त्यसैगरी स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ। यी मोडेलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन्।

कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।

सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले आमन्त्रित गरेको छ। मेला यही जेठ ७ देखि १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ