२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विद्युत प्राधिकरणको नाफा-घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् ।

बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताए । उनले समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गरे ।

प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए । उनले भने कुलमान दोषी भए कानूनअनुसार कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरुले अर्को डिट सिस्टमबाट लैजानुभयो । त्यही कुरा त भन्नुपर्छ नि । विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो मन्त्रीज्युको कुरा अनुसार । विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ । सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ । हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । विलम्व नगरी सबैका कुरा सुनेर हामी निर्णय गरौँ । कुलमानजीको गल्ती रहेछ भने नेपालको कानूनले कसैलाई छोड्ने कुरा आउँदैन ।’

उनले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट