२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

५० र १ हजार दरका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने बताए ।

सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट