logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • चलर्चित्र ‘तिमीसँगै हुने मन छ’मा नाजिर, दीपिका सँगै जोडिए बलिउड अभिनेता रोहित सुचान्ती

    चलर्चित्र ‘तिमीसँगै हुने मन छ’मा नाजिर, दीपिका सँगै जोडिए बलिउड अभिनेता रोहित सुचान्ती

    2.7K
    Shares

    काठमाडौँ । निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’ मा नाजिर हुसेन अनुबन्धित भएका छन् । निमार्र्ण पक्षले नाजिरसँग कागजी सम्झौता गरेको छ । यस फिल्ममा बलिउड अभिनेता मुम्बईका रोहित सुचान्तीले डेब्यु गर्दैछन् । रोहितले ‘तुने प्यार क्या किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका टेलिसिरियलमा अभिनय गरसकेका छन् । त्यस्तै उनी रियालिटी शो ‘बिग बोस १२’ मा समेत भाग लिएका थिए ।

    फिल्ममा नाजिरसँँगै  अभिनेत्री दीपिका प्रसाईंको मुख्य भूमिका रहनेछ । यस फिल्ममा अभिनेता रोहितसँगै प्राविधिक टिम पनि भारतकै हुने निर्माण पक्षले जानकारी दिएको छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने भनिएको छ। फिल्मको छायांकन चैतबाट हुने निर्माण पक्षले बताएको छ । त्यसका लागि बलिउड अभिनेता रोहित नेपाल आउने तयारीमा रहेको छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend