२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योग संगठन मोरङको आयोजनामा 'सीप उत्सव २०८२' हुने

बिहिवार , जेठ ९, २०८२

विराटनगर । उद्यमशीलता प्रबर्द्धन, प्राविधिक सीपको पहिचान तथा सीपमूलक शिक्षालाई संस्थागत गर्नका लागि उद्योग संगठन मोरङको आयोजनामा “सीप उत्सव २०८२” यहि जेठ १० र ११ गते विराटनगरमा हुने भएको छ ।

इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रममा करिब १ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

उत्सवको उद्देश्य व्यवसायिक तथा प्राविधिक शिक्षालाई मुख्यधारमा ल्याउनु, सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नु, रोजगारका अवसरहरू विस्तार गर्नु र विद्यालय–उद्योग सहकार्यलाई प्रवद्र्धन गर्नु हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्राविधिक र व्यवसायिक शिक्षालाई सम्मानजनक बनाउने तथा सीपको मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको जानकारी दिए ।

सीप उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट, इलेक्ट्रीकल इन्जिनियरिङ, अटोमोबाइल लगायतका विषयमा अध्ययनरत विद्यार्थी, विभिन्न प्राविधिक शिक्षालय, उद्योग प्रतिष्ठानका प्रतिनिधि, रोजगारदाता, तालिम प्रदायक संस्था तथा नीति निर्माण तहका प्रतिनिधिहरुको उपस्थिति हुने सुरानाले बताए । कार्यक्रमका प्रमुख आकर्षणहरूमा लाइभ ट्रेनिङ, द्वीप परामर्श, प्रतिस्पर्धात्मक सीप प्रदर्शन, पुरस्कार वितरण, र ‘स्किल आइकन’ सम्मान रहेका छन् ।

दुई दिने कार्यक्रम अन्तर्गत जेठ १० गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न लाइभ ट्रेनिङ तथा काउन्सिलिङ सत्र सञ्चालन हुनेछन् । त्यस्तै, जेठ ११ गते बिहान ११ः३० बजेदेखि अन्तिम सीप प्रदर्शन, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुनेछ । स्थान उद्योग संगठन मोरङको सभाहल, तिनपैनी, विराटनगर तोकिएको छ ।

कार्यक्रममा प्रारम्भिक चरणमा सुनसरी र मोरङ जिल्लाका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका प्राविधिक शिक्षालयबाट छनोट गरिएका ७ वटा शिक्षालयका विभिन्न क्याटवरीका १८ जना जनाले सीपयुक्त विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये ५ जना अन्तिम चरणका लागि छनोट भई ‘स्किल आइकन’ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार यस किसिमको कार्यक्रमबाट युवा पुस्तामा सीपको महत्वप्रति चेतना बढ्ने र आत्मनिर्भर जीवन यापनमा प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

सीप उत्सव २०८२ का मुख्य उद्देश्यहरूमा रोजगारी तथा तालिमका अवसरहरूको प्रवद्र्धन, प्रवासी जनशक्तिको सट्टा स्वदेशमै दक्ष जनशक्तिको सिर्जना, निजी क्षेत्रमा आवश्यकताअनुसार सीपयुक्त जनशक्ति उत्पादन, विद्यालय र उद्योगबीच सहकार्य विस्तार, अनौपचारिक सीपहरूको मूल्याङ्कन, तथा सीप र अनुभव साटासाटको वातावरण निर्माण गर्नेलगायत रहेका छन् ।

यो उत्सव प्रदेशको समग्र सीप विकास अभियानतर्फको एक महत्वपूर्ण कदम हो, जसले दीगो रोजगार र समावेशी आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ