logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ‘इन्ट्युम्ड’ का फ्रन्ट म्यान एल्जी पेट्रोवको मृत्यु 

    ‘इन्ट्युम्ड’ का फ्रन्ट म्यान एल्जी पेट्रोवको मृत्यु 

    4.7K
    Shares

    स्वीडिस डेथ मेटल ब्याण्ड ‘इन्ट्युम्ड’ का फन्ट म्यान एल्जी पेट्रोवको मृत्यु भएको छ । उनको ४९ वर्षको उमेर हिजो मंगलबार मृत्यु भएको ब्याण्डको फेसबुक पेजबाट जानकारि दिइएको हो । 

    पेट्रोव लामो समय देखि पित्त नली क्यान्सर बाट ग्रसित थिए । उनको केमोथेरापीद्वारा उपचारका क्रममा मृत्यु भएको उनका म्यानेजर क्रिस्टिनले बताएका छन् । पेट्रोवले इन्ट्युम्डलाई अस्सीको दशकको अन्तमा गठन गरेका थिए ।

    यस ब्याण्डको वोल्वरिन ब्लूज, सर्पेन्ट सेन्ट जस्ता थुप्रै गीतहरु चर्चित छन् । सन् २०१४ मा उनी ‘इन्ट्युम्ड’ ब्याण्ड सँग अलगिएका थिए त्यस सँगै उनले ‘इन्ट्युम्ड एडि’ नामक नयाँ ब्याण्ड स्थापना गरेका थिए । पेट्रोवले सन् २०१९ मा  ‘इन्ट्युम्ड एडि’ सँग ‘बोवेल्स अफ अर्थ’ नामक एल्बम रिलिज गरेका थिए जुन उनको जीवनको अन्तिम एल्बम बन्याे। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend