logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  •  दक्षिण एशियालीको प्रतिनिधित्व गर्ने फिल्म, ‘ राया एन्ड द लास्ट ड्रयागन’ को प्रिमियर

     दक्षिण एशियालीको प्रतिनिधित्व गर्ने फिल्म, ‘ राया एन्ड द लास्ट ड्रयागन’ को प्रिमियर

    3.3K
    Shares

    निर्देशक डोन हलको डिज्नी फिल्म ‘ राया एन्ड द लास्ट ड्रयागन’ को बुधबार  प्रिमियर भएको छ ।  करिब ९० वर्ष लामो यस डिज्नीको पहिलो दक्षिण पूर्वी एशियाली हिरोइनको बिहीबार प्रिमियर सम्पन्न भएको हो ।

    ‘राया एन्ड द लास्ट ड्रयागन’ ले कुमान्द्रा नामक एक काल्पनिक ठाउँको कहानी बोकेको छ। यस ठाउँमा पाँच जनजाति बस्छन् । यी सबैको भिन्न परमपरा र संस्कृति छ र यिनीहरुले दक्षिण पूर्वी एशियाको फरक–फरक क्षेत्रको प्रतिनिधित्व गर्छन् । 

    निर्देशक डोन हलका अनुसार यस क्षेत्रको पृष्ठभूमिमा फिल्म बनाउने आइडिया भ्रमणका क्रममा आएको बताउँछन् । फिल्मले अहिलेको टाइमलाइनलाई नभई हजारौं वर्ष पहिलेको जनजीवनको कल्पनालाई देखाउने उनी बताउछँन् । 

    यस फिल्ममा रायाले मानिसहरूलाई पुनर्मिलन गर्न दक्षिण पूर्वी एशिया क्षेत्रको वरिपरि यात्रा गरेको देखाउँछ र यस प्रक्रियामा उनले विश्वलाई बचाउने प्रयास गर्छिन। राया फिल्मको प्रोटागनिस्ट पात्र हुन् । दक्षिण पूर्वी एशियामा जम्मा ११ देश पर्छ, जस्को जनसंख्या करिब ६७.३ करोड छ र यस क्षेत्रको संस्कृति पनि फरक–फरक छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend