logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • संगीतबाट अलगिने सोचमा सेलेना

    संगीतबाट अलगिने सोचमा सेलेना

    3.5K
    Shares

    गायिका सेलेना गोमेजले संगीतबाट अलगिने सोच बनाएकी छिन्। भोग म्यागजिनसँगको अन्तर्वार्तामा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने बताएकी छिन् । उनले उक्त अन्तर्वार्तामा भनेकी छिन् कि, ‘जब मानिसहरूले मेरो गीतलाई गम्भीर रूपमा लिदैनन्, तब मलाई संगीतलाई निरन्तरता दिन कठिन हुन्छ, ।’ 

    उनले सन् २०२० मा रिलिज गरको गीत ‘लुज यू टु लभ मी’ पछि आफ्नो संगीतकि करियरमा प्रश्न उठेको समेत बताएकी छिन्।  उनी भन्छिन्, ‘लुज यू टु लभ मी’ अहिलेसम्मकै मन परेको गीत हो तर यसले फ्यानहरूको अपेक्षा मेटन सकेन होला’। सेलेनाको यस गतिलाई उनको पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको भने पनि गरिन्छ तर सेलेनाले यो कुरा अस्वीकार गर्दै आएकी छिन्। दर्जनौ  बडि गीत रिलज गरिसकेकी सेलेना विश्वकै चर्चित गायिकाको रुपमा परिचित छिन् ।

    संगीतबाट अलगिनु अघि अन्तिम पटक नयाँ प्रयास गर्न मन भएको पनि उनले बताएकी छिन्। उनी संगीत क्षेत्रबाट बिस्तारै टाढा हुन सक्ने अनुमान उनका फ्यानहरूले यस अन्तर्वार्ता पछि लगाउन थालेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend