२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल

शनिवार , जेठ ११, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । उनले सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत बताए ।

उनले भने, ‘हामी भारत र नेपालको बीचमा छौँ । कहाँ प्राकृतिक र धार्मिक हिसाबले धनि पनि छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । तर जुन हिसाबले हामीले क्यापिटलाइज हुनुपर्ने हो त्यसो हुन सकेको छैन । तर अहिले बिस्तारै हामी आफैँ पनि सात वटा प्रदेश सात वटा पर्यटन पूर्वाधार निर्माण गर्ने दिशामा अगाडि बढिरहेका छौँ । नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने दिशामा लागिरहेका छौँ ।’

अध्यक्ष ढकालले पर्यटन प्रवद्र्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट