logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • झापाका १४ बालबालिकालाई पढाउँदै मिस युनिभर्स नेपाल अंशिका

    झापाका १४ बालबालिकालाई पढाउँदै मिस युनिभर्स नेपाल अंशिका

    3.7K
    Shares

    काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता हुन् अंशिका शर्मा । हालै उनले उनको गृह जिल्ला झापाका १४ बालबालिका पढाउने भएकी छन् । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान मार्फत उनले १४ बालबालिका पढाउन लागेकी हुन्। 

    बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले उनले ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ समेत स्थापना गरेकी छन् । उनले  मिस नेपाल युनिभर्स विजेता बने बापत प्राप्त गरेको १० लाख रकम समेत सोहि फाउण्डेशनको अक्ष कोषमा जम्मा गरेकी छिन् ।

    अंशिकाले एक विज्ञप्ति जारी गर्दै ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ झापाका १४ बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिका लागि आवश्यक पहल गर्ने समेत बताएकी छिन्। 

    उनले झापाका ४ विभिन्न विद्यालयबाट छनोट भएका १४ बालबालिकाहरुको विद्यालय शुल्क,  पाठ्यक्रम सामग्री, खाना, स्वस्थ्यसम्बन्धी औषधी  लगायत सम्पूर्ण कुराको व्यवस्था अंशिका फाउण्डेन कोर्षमार्फत सहयोग गर्ने उनले बताएकी छन् । यस अघि पनि उनले  जुम्लाका १० जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेकी थिइन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend