logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बलिउडमा श्रद्धा र रोहनको प्रेम चर्चा  

    बलिउडमा श्रद्धा र रोहनको प्रेम चर्चा  

    3.6K
    Shares

    बलिउड अभिनेत्रि  श्रद्धा कपुर र फोटोग्राफर रोहन श्रेष्ठको प्रेम चर्चाले भारतीय सञ्चार माध्यममा राम्रै स्थान पाउने गर्छ । त्यतिबेला पनि यी दुईको चर्चा केन्द्रमा छन् । नेपालमा  पनि बलिउड कलाकारबारे धेरैको चासो हुन्छ त्यसमाथि पनि रोहन श्रेष्ठ नेपाली मूलका हुन । यी दुईको विवाह हुने कुरा लगायत धेरै खबरमा नेपालीहरुलाई निकै चासो हुने गर्छ। 

    df.JPG

    हिजो बुधबार यी जोडिले  मुम्बईको  चिनियाँ रेस्टुरेन्टमा एक साथ डिनर गरेका छन् । यस सँगै बलिउडमा यी दुइको चर्चा पुन चुलिएको छ । उनीहरुको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरेको छ । सो फोटोमा  श्रद्धा र रोहन रेस्टुरेन्ट बाट बाहिर निस्किदैँ गरेको दृश्य देख्न सकिन्छ । श्रद्धा र रोहन बाल्यकालदेखिका साथी हुन् । 

    hfhf.JPG

    पछिलो पटक श्रद्धा बाघि ३ मा देखिएकी थिइन् । हालै उनी रोमान्टिक फिल्म लुभ रञ्जनको सुटमा छिन् । उनीसँगै यस फिल्ममा रणबीर कपूर पनि छन् ।श्रद्धा र रणबीरको यस फिल्मबाट एक साथ पहिलो पटक काम गर्न लागेका हुन् । 

    gdfg.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend