२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

यातायात कार्यालय बाराले १० महिनामा संकलन गर्‍यो ८ करोड २१ लाख

सोमवार , जेठ १३, २०८२

पर्सा । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औषतमा मासिक ६१ लाख रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै आयकरतर्फ आठ लाख ६० हजार ५२५ रुपैयाँ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट