२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनका अटोमोबाइल्स व्यवसायीहरु पर्यटन प्रर्वद्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने

मंगलवार , जेठ १४, २०८२

भरतपुर । चितवनका अटोमोबाइल्स व्यबसायी यूवाहरू आन्तरिक पर्यटन प्रर्वद्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने भएको छन् । चैत १४ देखि १७ सम्म चार दिनका लागि उनीहरु यात्रामा निस्कन लागेका हुन् ।

चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ । रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।

यात्रा नारायणगढदेखि पोखरा, वाग्लुुङ हुँदै मध्य पहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ ।

वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानिमहल, अवलोकन गरि चीनको कोरला नाका जोड्ने महत्वकांक्षी सडक कालीगण्डकी करिडोरको पाल्पा रामपूर हुँदै नारायणगढमा आइ यात्रा समापन हुनेछ ।

कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिए । यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स छ । टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसपको साथ छ । व्यावसायिक सहयोगीमा सेन्टर कलेज भरतपूर, हिमानी एजुकेसन, मनकनमना पार्टस उद्योग र भि.एस.के. पार्टसको साथ रहेको मोहन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ