रुपन्देही । बुटवलमा एक जना युवकले पूर्वपत्नी र उनका दुई छोरीको बीभत्स हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कालिकानगरस्थित होराइजन चोक नजिकैको मिलिजुली पथमा ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।
दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरेकी थिइन् भने पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्।
प्रहरीका अनुसार सुजनले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए। चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा पक्राउ परेका कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल चलान भएका थिए भने संविधान दिवसको अवसरमा सरकारले दिएको माफीनामा रिहा भएका थिए।
प्रतिक्रिया दिनुहोस