२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

दश वर्षे सशस्त्र युद्ध र संक्रमणकालिन न्याय विधिशास्त्रको विश्लेषणात्मक अध्ययन प्रतिवेदन सार्वजनिक

बुधवार , जेठ १५, २०८२

काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले नेपालमा दशवर्षे सशस्त्र युद्ध र विकासशील संक्रमणकालिन न्याय विधिशास्त्रको विश्लेषणात्मक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एम्नेस्टीले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन एम्नेष्टि इन्टरनेशनलका निःर्वतमान अध्यक्ष सिर्जना श्रेष्ठ, ह्युमन राइट्स एण्ड जस्टिसका अध्यक्ष गोपालबहादुर शाह, द्वन्दपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सुनिता ठकुरीलगायतले सामुहिक रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रतिवेदनले सर्वोच्च अदालतबाट फैसला भएर आएका ५१ वटा रिटहरुको अध्ययन गरेको जानकारी दिइएको छ । प्रतिवेदनमा ट्रान्जिसनल जस्टिस के हो भन्ने विषय उजागर गरिएको उल्लेख छ ।

हालसम्म ट्रान्जिसनल जस्टिस आजको दिनको अवस्था सुरक्षित गर्न र अदालतको भुमिका कस्तो रह्यो भन्नेसम्मका विषयहरु समावेश भएको एम्नेस्टी इन्टरनेशनलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट