काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।
सोमबार, मंगलबार र बुधबार घटेको सुनको मूल्य आज (बिहीबार)पनि घटेको हो।
आज सुन प्रतितोला एक हजार पाँचसय रुपैयाँ घटेको छ । सुन आज एक लाख ८७ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार तीनसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १० रुपैयाँ घटेर आज चाँदी एक हजार नौसय ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस