२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा शिक्षक तालिम सम्पन्न, ३२७ शिक्षिका सहभागी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा आज पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौँका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणा रहेकी थिइन्। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला तथा नगर समिति पदाधिकारीहरू, साथै विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट