२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

पर्यटकले दु:ख पाएको भन्दै विरोधमा उत्रियो पर्यटक बस व्यवसायी संघ

आइतवार , जेठ १९, २०८२

काठमाडौं । पर्यटक बस व्यवसायी संघले यातायात व्यवसायीको आन्दोलनका कारण पर्यटकले दुःख पाएको भन्दै प्रदर्शन गरेको छ ।

यातायात व्यवसायीको आन्दोलनका कारण पर्यटक बसहरु समेत चल्न नपाएपछि पर्यटक बस व्यवसायी संघले विभिन्न प्लेकार्डसहित काठमाडौंको सोह्रखुट्टेमा प्रदर्शन गरेको हो ।

उनीहरूले ‘पर्यटक बस सुचारु गरौं’, ‘स्वदेशी, विदेशी दुवै पर्यटक हुन्’ जस्ता प्लेकार्ड बोकेका थिए । संघले पर्यटक ओसार्ने गाडीमा अवरोध नगर्नसमेत आग्रह गरेको छ ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । जसमा पर्यटकीय सवारी साधनलाई पनि अवरोध पुगेको छ ।

यसैबीच, गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो । यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू वार्तामा आएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट