काठमाडौं । पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।
आज यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन बन्द गरेपछि काठमाडौंसँगै देशभरको यातायात ठप्प छ । सोही मौकाको फाइदा उठाउँदै विभिन्न राइड सेयरिङले चर्को भाडा लिएको खबर बाहिरीसँगै पठाओ नेपालले यस्तो भनेको हो ।
कम्पनीले यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताएको छ ।
पठाओले सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।
अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।
साथै पठाओले केही समस्या पर्दा २४सै घण्टा पठाइओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस