काठमाडौँ । दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन दीप प्रज्वलन गरिएको छ ।
सोमबार पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पुगेका हुन् ।

उनीहरु मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी गरेका थिए । स्वर्गीय राजा बिरेन्द्र सहित स्वर्गीय भएको २४ औँ वर्ष पुगेको उपलक्ष्यमा सोमबार श्रद्धाञ्जलीसहित दीप प्रज्वलन गरिएको हो ।












तस्बिर : निशान मगर/सुनौलो नेपाल
प्रतिक्रिया दिनुहोस