२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

नेपाल प्रहरी र सशस्त्रद्वारा आज पनि उपत्यकामा नि:शुल्क बस सेवा

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । आज पनि नेपाल प्रहरी निस्शुल्क बस सेवा सञ्चालन गरेको छ।

यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरीले सोमबार नि: शुल्क बस सेवा सञ्चालन गरेको थियो। सशस्त्र प्रहरीले पनि नि: शुल्क बस सेवा सञ्चालन गरेको थियो ।

उक्त सेवालाई मंगलबार पनि निरन्तरता दिएको हो। नेपाल प्रहरीले दुई वटा र सशस्त्र प्रहरीले दुई वटा बस चलाएको हो।

नेपाल प्रहरीले दुई वटा छुट्टाछुट्टै रूट बनाएको छ। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट