काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडान नछोडेपछि सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी स्थगित भएको थियो । सो समयमा पनि बैठक बस्न नसकेपछि भोलिका लागि बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस