२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

केन्याका महामहिम राजदूत पिटरद्वारा राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाण प्रस्तुत

बुधवार , जेठ २२, २०८२

काठमाडौं । केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

सोही दिन महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा रहेको गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यलयको उद्घाटन पनि गरियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित बिशेष समारोहमा महामहिमको अध्यक्षतामा दुबै देशबीचको ब्यापार प्रबर्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट