२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक, भोलिका लागि तय

बुधवार , जेठ २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।

आज पनि बस्न नसकेको बैठक भोलि दिउँसो एक बजेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सारेको थियो ।

विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा उक्त समयमा पनि बैठक बस्न नसकेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् भने सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट