२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज २०८२ साल जेठ २२ गते बिहीबारको राशिफल

बिहिवार , जेठ २३, २०८२

मेष : दिन राम्रो छ। मन खुशी रहनेछ। साथीभाइसँगको सहकार्यमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। खानपानमा भने समस्या हुने खतरा छ।

वृष : दिन राम्रो छ। पढाइ र प्रेम सम्बन्धमा सफलता मिल्नेछ। व्यापारमा लगानी भए आम्दानी बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग मिल्ने छ।

मिथुन : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा मन अशान्त बन्नेछ। खानपानमा समस्या हुनेछ। संकटको समयमा राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। सानो विवादले मनमा ठुलो छटपटी बढ्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्ने छ। राज्यबाट जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार भित्रबाटै दैनिक काममा अवरोध हुने जोखिम छ।

कन्या : दिन राम्रो छ। नयाँ लुगा लगाउने रहर बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ।

तुला : हौसिएर खर्च गर्ने बानीले मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा भए पनि विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ।

वृश्चिक : बौद्धिक साथीसँग विवाद नगर्नु उचित हुन्छ। धर्मको विरोध नगरी अगाडि बढ्नु उचित हुनेछ। पारिवरिक सम्बन्ध सुमधुर बन्नेछ। दैनिक काम सहजै सम्पन्न हुने योग छ।

धनु : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवार भित्रबाट भन्दा बाहिरका साथीको प्रशंसा सुन्नुपर्ने छ। परिवारमा भने सचेत भएर काम गर्नुपर्नेछ।

मकर : दिन धेरै राम्रो छ। धेरैले तपाईंसँग अपेक्षा गरेकाले निर्णय गर्दा सचेत बन्नुपर्नेछ। बलको भन्दा बुद्धिको माध्यमबाट अगाडि बढ्नुपर्ने भएकाले बौद्धिक व्यक्तिसँग संकत गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध ससुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभगी भएमा मन शान्त बन्नेछ।

मीन : परिवारसँग छलफल गरेर कामको सुरुवात गर्नुपर्ने दिन छ। साढे साती दशा चलिरहेकाले थोरै बोलेर लक्ष्यमा पुग्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट