२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नगर्न सांसद् शाहीको प्रस्ताव

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुनै देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वतः खारेज हुने स्थितिले लगानी गर्नबाट रोकेको बताए ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद शाहीले नेपालमा वंशजको नागरिकता पाएका तर विदेश गएर उतैको नागरिकता लिइसकेपछि पनि नेपालको नागरिकता खारेज गर्न नहुने बताएका हुन् ।

बैठकमा शाहीले भने, ‘०६३ सालमा नागरिकता ऐनले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका मानिस विदेश गए र कुनै देशको नागरिकता लिए भने त्यो स्वतः खारेज हुन्छ । यसले नेपालको मान्छेहरू, जो युवाहरू देश फर्किन चाहन्छन्, लगानी गर्न चाहन्छन्, त्यो हुन सकेन । उनीहरू नेपाल आउनै नदिने नेपालमा कानुन बन्यो ।’

जसका पुर्खाले यो देश बनाए, आज तिनका सन्तानहरू विदेशी हुने तर विदेशीहरूलाई सहजै नेपालको नागरिकता दिने गरिएकाले पनि समस्या पैदा भएको सांसद् शाहीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट