काठमाडौं । देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका छन् ।
निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस