काठमाडौं । नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालअन्तर्गत व्यक्तिको लिंग परिवर्तन (सेक्स चेन्ज अपरेसन) सम्पन्न भएको छ ।
प्लास्टिक सर्जरी विभागद्वारा सफलतापूर्वक सम्पन्न सो अपरेसनबारे अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
जनकपुरनिवासी ती २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस अपरेसनका क्रममा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरिएको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले बताए ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’ सर्जरीको लागि विदेशी प्लास्टिक सर्जनसमेत बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस