२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

जेठ मसान्तपछि भीमदत्तमा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने

सोमवार , जेठ २७, २०८२

कञ्चनपुर । भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९) दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ ।

“सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ” उनले भने, “उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ ।”

नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङकलन र उत्खननको कार्य हुने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट