२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आज २ बजेदेखि सदन सुचारु हुन्छ : सभामुख

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन् ।

“सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरले भने, “सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।”

उनले बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध हुने अब छलफलमा भाग सांसद सङ्ख्या घटाउनुपर्ने, विधि पुर्‍याएर छलफल गर्नुपर्ने उल्लेख गर्दै भने, “नोक्सानी हुने त भइसक्यो, “अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ । ”

सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार हुने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट