२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

राजनीतिमा अब युवाहरु आउनुपर्छ : कुलमान घिसिङ [भिडियोसहित]

सोमवार , जेठ २७, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा अब युवाहरु आउनुपर्ने बताएका छन् ।

थेम्स् इन्टरनेशनल कलेजले आज सोमबार आयोजना गरेको ‘कन्भरसेसन विथ कुलमान घिसिङ’ कार्यक्रममा पूर्व निर्देशक घिसिङले युवाहरु बाहिरिने होइन कि यही बसेर परिवर्तन गर्न सकिन्छ भन्ने दृढताका साथ लाग्नुपर्ने बताएका हुन् ।

उनले आफू पनि राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । कार्यक्रम पूर्व सञ्चारकर्मीले कुलमान घिसिङ राजनीतिमा आउने सम्भावना कति छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘मैले पहिले पनि भन्ने गरेको छु नेपालमा कुनै न कुनै क्षेत्रमा रहेर योगदान गर्ने हिसाबले म आउँछु ।’ कुराकानीमा विद्यार्थीहरुले सोधेको विभिन्न प्रश्नको उनले जवाफ दिएका थिए ।

सोही क्रममा उनले प्रतिभाशाली जनशक्तिले ब्युरोक्रेसीमा खासै चासो नराखेकोले पनि बिग्रिएको बताए । ब्युरोक्रेसी देशको स्थायी सरकारको रुपमा रहेको तर प्रतिभावान जनशक्ति त्यहाँ जान नचाहेकाले समस्या आएको उनको बुझाई छ । उनले जोडे, ‘चुनौतीहरु छन् तर चाहने हो भने व्युरोक्रेसी ठूलो प्लाटफर्म हो । जुन निजी क्षेत्रमा पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट