२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट’ सम्पन्न

सोमवार , जेठ २७, २०८२

काठमाडौँ । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ। २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरे।

यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी छ वटा मुख्य विधामा आधारित थियो।

एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भए:

• समुन्द्र पंगेनी – भी.ए.डब्लू इन्टरप्राइजेज, पोखरा - विजेता, नगद रु. ३०,०००

• प्रमिला श्रेष्ठ – एल. एस. इन्टरप्राइजेज, ललबन्दी - फर्स्ट रनरअप, नगद रु. २०,०००

• विकास रञ्जितकार – द व्हिल्स, सल्लाघारी - सेकेन्ड रनरअप, नगद रु. १०,०००

सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको "कस्टमर फर्स्ट" फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएकाे हाे।

पुरस्कार एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सी,ई.ओ. दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरे।

सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, “हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्स प्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो। एक उच्च-प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ। एमएडब्लु राइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहक अनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन्।

एमएडब्लु राइड्सको नेतृत्वमा यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे सवारी ब्रान्डमध्ये एक बनेको छ। उन्नत जापानी प्रविधि, भरपर्दो सेवा र उत्कृष्ट आफ्टर सेल्स सर्भिससहित यामाहाले प्रदर्शन, शैली र ग्राहक सन्तुष्टिमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ। ब्रान्डले देशभर उच्चस्तरीय ग्राहक अनुभव दिन र दक्ष जनशक्ति विकास गर्न निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ