२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै, डा अधिकारीसहित रमेश आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूलाई ऋण प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको आरोप छ ।

अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि भैरहवामा सञ्चालन हुन लागेको र्‍याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो ।

घुस लिएको ठोस प्रमाण भेटिएको आधारमा दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट