२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

बुधवार , जेठ २९, २०८२

मेष : दिन सामान्य छ। यात्रामा खर्च बढ्ने छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्ने छ। आम्दानी बढ्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघामको अवसर मिल्नेछ। लुगाको नयाँ ब्रान्डमा आकर्षण बढ्नेछ।

मिथुन : तपाईंको वाणीमा सरस्वतीको बास भएकाले बोलीको प्रभाव रहने छ। धन खर्च गरेर भए पनि इज्जत जोगाउनु पर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारबाट फाइदा हुने योग छ।

कर्कट : शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। तपाईंको बोलीकै कारण आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा मन जानेछ।

सिंह : दिन सामान्य छ। परिवार भित्रबाट तपाईं विरोध हुनेछ। साथीको साथले संकट टर्नेछ। मनमा चिन्ता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्ने छ।

कन्या : दिन राम्रो छ। दैनिकी सहज बन्ने छ। आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्न हिम्मत गर्दा फाइदा हुने छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त होला।

तुला : आज तपाईंको प्रतिभा प्रस्तुत गर्ने दिन छ। शिक्षा क्षेत्रमा उपलब्धि हात लाग्नेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ विचारको विकास हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। मन प्रशन्न रहने छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यका तर्फबाट निगरानी भइरहेकाले काम गर्दा सचेत बन्नु पर्ने दिन छ। परिवारसँगको सम्बन्धबाट भने लाभ हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रगति हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले कर्तव्य पूरा गर्नु उचित हुनेछ।

मकर : अरुको टकराबले तपाईंलाई फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीको समेत साथ मिल्नेछ। राजनीतिमा तपाईंको विचारको सम्मान हुनेछ।

कुम्भ : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। नियमित कामबाट मन खुशी हुनेछ। मध्य साढेसातीको कारणले खर्च बढे पनि इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको विचारको सम्मान हुने दिन छ। साथीको साथले राजनीतिमा प्रगति हुनेछ। शनिदेवका कारण शिर सम्बन्धी दुखाइ बढ्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट