बुधवार , जेठ २९, २०८२
Shares
Shares
काठमाडौं । के तपाईंलाई कहिलेकाहीँ पेटमा अनौठो किसिमको दबाव र भारीपन महसुस हुन्छ, शरीर थाकेको जस्तो लाग्छ र बिना कुनै कारण आफैँलाई ठीक नलागेको जस्तो लाग्छ ? यदि हो भने, सम्भवतः तपाईंको पेट तपाईंलाई केही बताउन खोज्दैछ।
वास्तवमा, पेट स्वस्थ छ वा छैन भन्ने कुरा केवल पाचन शक्ति राम्रो छ कि छैन भन्नेबाट मात्र थाहा हुँदैन। यसको सम्बन्ध तपाईंको रोग प्रतिरोधात्मक क्षमता (इम्यून सिस्टम), मानसिक स्वास्थ्य, तपाईंको मूड र तपाईं कति ऊर्जावान महसुस गर्नुहुन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ ।
हाम्रो पेट खर्बौँ ब्याक्टेरिया र सुक्ष्म जीवहरू (माइक्रोब्स) को घर हो र यी तब मात्र स्वस्थ रहन्छन् जब हामी सन्तुलित र पोषणयुक्त आहार लिन्छौँ।
तर यदि खानपान असन्तुलित भयो भने त्यसको प्रत्यक्ष असर पेटको स्वास्थ्यमा पर्छ। जसले गर्दा पाचनसम्बन्धी समस्या, सूजन र दीर्घकालीन रोगहरू समेत हुन सक्छन्।
जसरी प्रत्येक व्यक्तिको फिंगरप्रिन्ट फरक हुन्छ, त्यसरी नै प्रत्येक व्यक्तिको पेटमा हुने जीवाणु वा ब्याक्टेरियाहरू पनि फरक–फरक हुन्छन्। यसको अर्थ के हो भने, केही व्यक्तिहरूको पाचन शक्ति बलियो हुन सक्छ भने केहीको कमजोर।
एउटा स्वस्थ पेटको पछाडि धेरै कारकहरूले भूमिका खेल्दछन्। जस्तै: तपाईंको जेनेटिक्स (आनुवंशिकता), तपाईंको वरिपरिको वातावरण, तपाईंको आहार (डाइट) र तपाईंको प्रारम्भिक जीवनसँग सम्बन्धित केही पक्षहरू पनि। उदाहरणका लागि, कसैको जन्म सिजेरियन (सी-सेक्शन) बाट भएको थियो वा सामान्य प्रसूति (नर्मल डेलिभरी) बाट, यस्ता सबै कुरा एक स्वस्थ पेट निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्दछन्।
स्वस्थ पाचन प्रणालीका लागि के कस्ता खानेकुरा खाने त ?
फाइबरयुक्त खाना पाचन क्रिया सुधारका लागि अत्यन्तै प्रभावकारी हुन्छ। अनुसन्धानहरूले देखाएका छन् कि यसले पाचनतन्त्रसँग सम्बन्धित रोगहरूको जोखिम घटाउन सक्छ र तौल नियन्त्रण गर्नमा पनि सहायता पुर्याउँछ।
फाइबरको राम्रो स्रोत हुने खानेकुरा जस्तै, अन्न, फलफूल, दाल, चना, ब्रोकोली, गाजर, बदाम, चिया सिड जस्ता खानेकुरा खान सकिन्छ ।
यद्यपि, खानामा फाइबरको मात्रा विस्तारै बढाउनुपर्छ । एक्कासि धेरै फाइबर खानाले पेट भारी महसुस हुन सक्छ वा ग्यास र असहजता हुन सक्छ। साथमा धेरै पानी पिउनुहोस्, यसले फाइबर पचाउन सहयोग गर्छ।
अब कुरा गरौं ती खानेकुराको जसले तपाईंको पेटको स्वास्थ्य बिगार्न सक्छन्ः
सबैभन्दा पहिले स्थानमा आउँछ अत्यधिक प्रोसेस्ड खाना, जस्तै: चिप्स, बिस्कुट, इन्स्ट्यान्ट नुडल्स, प्रोसेस्ड मासु, चिनीयुक्त सिरियल, रेडी-टु-ईट फुड। यी खानेकुरामा यस्ता तत्वहरू हुन्छन्, जसले पेटका फाइदाजनक ब्याक्टेरियालाई नष्ट गर्न सक्छन्।
कृत्रिम चिनी
एस्पार्टेम, स्याक्रिनजस्ता कृत्रिम स्वीटनरहरूले पेटको जीवाणु र रगतमा चिनीको स्तरमा खराब असर पार्न सक्छ। यी प्रायः कोल्ड ड्रिंक, सुगर-फ्री च्युइङ गम र लो-क्यालोरी स्न्याक्समा पाइन्छ।
अत्यधिक चिनी भएको खाना
जस्तैस् केक, पेस्ट्री, सेतो पाउरोटी, पास्ता, सोडा, एनर्जी ड्रिंक, प्याकेट जुस आदि। यी खानेकुराले हानिकारक ब्याक्टेरियाको वृद्धिमा सहयोग पुर्याउँछन्, जसले पेटमा सूजन र गडबडी ल्याउन सक्छ।
रक्सी
जुनसुकै प्रकारको रक्सी पनि पेटको लागि हानिकारक हुन्छ।
– यसले पाचन तन्त्रका ब्याक्टेरिया बिगार्न सक्छ
– निद्रा र मानसिक स्वास्थ्यमा असर गर्न सक्छ
रेड मीट र प्रोसेस्ड मीट
– पेटमा भएका लाभदायक सूक्ष्म जीवहरूको सन्तुलन बिगार्न सक्छ
– कोलोन क्यान्सरको जोखिम बढाउन सक्छ
तर, डाइट मात्र पेटको स्वास्थ्यका लागि महत्वपूर्ण छैन। गट हेल्थ (पेटको स्वास्थ्य) मा यी कुराहरूले पनि गहिरो असर पर्छ ।
निद्रा र तनाव
– कम निद्रा वा लगातार तनावको कारणले पेटको माइक्रोबायोम (जीवाणुहरूको सन्तुलन) बिग्रन सक्छ।
– यसले पाचन गडबडी, सूजन र मानसिक स्वास्थ्यमा समेत असर पुर्याउँछ।
व्यायाम (शारीरिक गतिविधि)
– नियमित शारीरिक व्यायाम वा हल्का गतिविधिहरू (जस्तै हिँड्नु, योग)
– यसले पेटमा रहेका फाइदाजनक सूक्ष्म जीवहरूलाई बढ्न र सक्रिय रहन सहयोग गर्छ।
एन्टिबायोटिक्सको अत्यधिक प्रयोग
– स्वास्थ्य र कृषि दुवै क्षेत्रमा अत्यधिक एन्टिबायोटिक प्रयोगले पेटका लाभदायक ब्याक्टेरियालाई नष्ट गर्न सक्छ । लगातार प्रयोगले गर्दा शरीरमा यिनको प्रभाव विस्तारै कम हुन थाल्छ, जुन खतरनाक हुन सक्छ।
निष्कर्ष :
पेट स्वस्थ राख्नका लागि के खाने भन्ने मात्र होइन, के नखाने भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ।
सन्तुलित, ताजा र प्राकृतिक खानेकुरा रोज्नुस्, यसले तपाईंको पाचन प्रणालीलाई बलियो र शरीरलाई ऊर्जावान बनाउँछ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस