२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आज २०८२ साल जेठ २९ गते बिहीबारको राशिफल

बिहिवार , जेठ ३०, २०८२

मेष : दिन राम्रो छ। आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण लाभ हुनेछ। व्यापारमा गरेको लगानीबाट गुम्न लागेको धन उठ्नेछ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : तपाईंको बोलीका कारण आफन्त टाढिने जोखिम छ। सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा मनमुटाव हुनेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारको छायामा कमजोर भएर बस्नुपर्ने बाध्यता आइपर्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। खानपानमा समस्या हुनेछ। एकपछि अर्को व्यवहारिक बोझ थपिने जोखिम छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने छ।

तुला : बन्धुसँगको सहकार्यले दैनिकी सहज बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। विपक्षी साथी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत फेला पर्नेछन्। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। शिक्षा क्षेत्रको लगानीमा हिम्मत गर्नु उचित हुनेछ।

धनु : आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। शनिदेव प्रतिकुल रहेकाले राजनीतिमा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : आज अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। स्वास्थ्यले साथ दिनाले मन भने शान्त बन्नेछ। दाजुभाइसाँग झगडा हुने जोखिम छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। ११ औं स्थानमा चन्द्रमा भएकाले मिठो खान पाइने छ। शनिदेव प्रतिकुल हुने व्यक्तिले धार्मिक कार्यमा सहभागी भएर काम गर्नुपर्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : तपाईंको बोलीका कारण साथी टाढा हुनेछ। सत्यको पक्षमा निष्पक्ष बनेर बोल्नुपर्ने छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट