२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेश बजेट : स्थानीय तहलाई ५ अर्ब ६० करोड हस्तान्तरण गर्ने

आइतवार , आषाढ १, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८२/०८३ लागि प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभामा आइतबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा स्थानीय तहमा पाँच अर्ब ६० करोड ७२ लाख रुपैयाँ विभिन्न अनुदान हस्तान्तरण गर्ने जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहमा समानीकरण अनुदानतर्फ एक अर्ब ३० करोड हस्तान्तरण गर्ने भएको छ । ससर्ततर्फ एक अर्ब ६० करोड ७२ लाख रुपैयाँ हस्तान्तरण गरिने जनाएको छ ।

मन्त्री मगरले पूर्वाधार विकासतर्फ एक अर्ब ६० करोड समपूरक अनुदान हस्तान्तरण गरिने बताए । राजस्व एक अर्ब १० करोड बाँडफाँट गरिने भएको हो ।

त्यसैगरी कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषी, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्री रानामगरका अनुसार स्थानीय सम्भाव्यता, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा फलफूल उत्पादन, प्रशोधन र बजारीकरणका लागि १६ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै कृषी कर्जामा ब्याज अनुदानका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पशुपन्छीमा लाग्ने खोरेत लगायत महामारी नियन्त्रण गरी गुणस्तरीय पशुपालन प्रवद्र्धन गर्ने उद्देश्यले २२ करोड रुपैयाँ असल पशुपालन कार्यक्रम अन्तर्गत विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चक्रिया कोष स्थापनाका लागि २ करोड रुपैयाँ छुट्याएको छ भने चिया सम्मेलन आयोजनाका लागि पनि छुट्टै २ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ। सरकारले उत्पादनमुखी र व्यावसायिक कृषी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको छ ।

पर्यटन बर्षलाई १० करोड

कोसी पर्यटन वर्षलाई १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोसी सरकारले पर्यटन वर्ष मनाउनका लागि चालु आर्थिक वर्षमा पनि १० करोड बजेट विनियोजन गरिएको थियो ।

मगरले पर्यटन, वन तथा वातावरण क्षेत्रका निम्ति दुई अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट