२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

सोमवार , आषाढ २, २०८२

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

शर्माले भनिन्, “बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।” वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको थियो । हाल उनलाई वार्डमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट